दाेस्राे प्रदेश महाेत्सव -२०८०, त्रियुगा
उदयपुर जिल्ला नेपाल अधिराज्यको कोशी प्रदेशको पश्चिम सिमानामा पर्दछ र त्रियुगा नगर उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा पर्दछ । यस जिल्लाको पूर्वी सिमानामा ः सुनसरी, धनकुटा, उत्तरमा, खोटाङ्ग, भोजपुर र ओखलढुंङ्गा पश्चिममा ः सिंधुली, धनुषा, दक्षिणमा ः सिराहा र सप्तरी जिल्लाहरु पर्दछन् । त्रियुगा नगरपालिका विकास उन्मुख नगर र शहरको रुपमा विस्तार हुन थालेको नगर हो । यहाको जनसंख्या र बसोवास दिन प्रतिदिन बढदो छ र उधोग, व्यापारको वजार विस्तार समेत दिन प्रतिदिन बढदो छ त्रियुगा नगर पहाड र तराईको संगम स्थल र मदन भण्डारी वैकल्पीक राजमार्ग र सगरमाथा राजमार्ग समेत यसै जिल्लाको सदरमुकाम त्रियुगा नगरी हुदै जाने भएको हुनाले ठुलो मात्रामा पहाड र तराईवाट खरिदकर्ता, आयातकर्ता तथा उपभोक्ताहरु आउने व्यापारीक नाका समेत भएको छ। यहाँको भौगोलिक प्रतिकूलताका बाबजुद आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक परिवर्तनको गतिमा उत्साहजनक परिवर्तनका संकेतहरु देखिने क्रमलाई आत्मासाथ गर्दै उदयपुरको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उधोगको बिकासको नारासंगै स्थानीय स्तरमा आयोजना हुने मेला तथा प्रदर्शनीले उत्पादक, व्यापारी तथा उपभोक्ता विच प्रत्यक्ष सम्वन्ध गासी औधोगिक तथा व्यापारिक चहलपहल बढाई यस क्षेत्रको विकासको लागि स्थानिय स्तरमा उत्पादित वस्तुहरुको आवश्यक वजारिकरण एवं व्यावसायीकरणमा जोड दिइ समस्त आर्थिक क्षेत्र फस्टाउने कार्यलाई दिगो राख्न दोस्रो प्रदेश महोत्सव–२०८०, त्रियुगाको आयोजना गर्न लागिएको हो । २०६५ साल माघमा पहिलो, २०७० साल फाल्गुणमा दोश्रो र २०७३ साल जेष्ठमा तेश्रो, २०७३ साल फाल्गुणमा चौथो पुर्वाञ्चल स्तरीय महोत्सव र २०७४ साल फाल्गुणमा पहिलो प्रदेश महोत्सव–त्रियुगा पनि नेपाल सरकार व्यापार तथा निकासी प्रवद्धन केन्द्र काठमाण्डौ, नेपाल उधोग वाणिज्य महासंघ र त्रियुगा उधोग वाणिज्य संघ गाईघाटको आयोजनामा त्रियुगा नगरपालिका गाईघाट, घरेलु तथा साना उद्योग कार्यालय, उदयपुर, कृषि ज्ञान केन्द्र, उदयपुर, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, उदयपुर सह आयोजक र व्यापार तथा निकासी प्रवद्धन केन्द्र, काठमाण्डौ प्रवद्र्धक रही सफलतापूर्वक सम्पन्न गरीएकोे सवैमा स्मरण गराउन चाहन्छौ । यस संघको समय समयमा महोत्सव गर्ने कार्ययोजना अनुरुप पुनः दोस्रो प्रदेश महोत्सव– २०८० त्रियुगा अयोजना गर्ने हेतुले त्रियुगा उधोग वाणिज्य संघ गाईघाट तहाहरु समक्ष प्रस्तुत हुन लागेको हुदा सदाझै यस अवसरमा पनि सम्वन्धीत सवै पक्षहरुले आ आफनो क्षेत्रबाट महत्वपुर्ण सहयोग गर्नु हुनेछ भन्ने आशा र अपेक्षा यस संघले लिएको छ ।
...