About Us

उदयपुर जिल्लाकोे सम्पुर्ण उद्योग वाणिज्य जगतको संरक्षण, सम्वद्र्धन एवं विकास हेतु यसै क्षेत्रका अग्रज व्यावसायी तथा यस संघका संस्थापक अध्यक्ष श्री रत्न वहादुर श्रेष्ठ ज्यूको अथक प्रयास पश्चात वि.स. २०४८ सालमा “उदयपुर जिल्ला व्यापार संघ”को नामवाट स्थापनाभई जिल्लाभर नै आफ्नो कार्यक्षेत्र विस्तार गर्ने उद्देश्य लिदै अगाडी वढी रहदा पुनः घरेलु उद्योगहरु र उदयपुर सिमेन्ट उद्योगको स्थापना पश्चात पुनर्विचार गरी विधिवत रुपमा वि.स.२०५८ सालमा स्थापना भई वि.सं.२०५८÷६÷६ गते जिल्ला प्रशासन उदयपुर, आन्तरिक राजश्व कार्यालय, लाहान सिरहामा र वि.सं.२०५८÷९÷११ गते नेपाल उद्योग वाणिज्य महासंघ टेकु काठमाण्डौमा “त्रियुगा उद्योग वाणिज्य संघ, उदयपुर”को नामवाट दर्ता भई हाल सम्म यस क्षेत्रको उद्योग, व्यापार र व्यावसाय क्षेत्रको छाता संगठनको रुपमा क्रियाशिल रहि हकहित संरक्षणमा एक शसक्त संस्थाको परिचय दिन सफल भएको छ ।  यस त्रियुगा उधाेग वाणिज्य संघकाे विधान अनुसार संघकाे साधारण सभा प्रत्येक वर्ष गर्नु पर्ने तथा संघकाे अधिवेशन प्रत्येक ३ (तीन) वर्षमा गर्नु पर्ने प्रावधान रहेकाे छ । 
यसरी वजार विस्तार गर्दै व्यावसायीहरुको हकहित संरक्षण गर्दै अगाडी वढीरहने क्रममा यस क्षेत्रका कृषि जन्य उत्पादन, औद्योगिक उत्पादनको प्रचार प्रसार एवं महिला उद्यमीहरुको कलाकौशल, सीप र दक्षतालाई उजागर गर्ने उद्देश्यले वि.सं. २०६५ सालमा “पहिलो पुर्वाञ्चल क्षेत्रिय महोत्सव–२०६५ त्रियुगा” आयोजना गरी भब्यरुपमा सम्पन्न गरियो । यसरी औद्योगीक व्यापार मेलाको माध्यमवाट यस क्षेत्रको कृषि, लघुउद्यम, औद्योगिक उत्पादनलाई राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पुनः वि.सं. २०७० सालमा दोश्रो वि.सं. २०७३ सालमा तेश्रो र चौथो पुर्वाञ्चल स्तरीय मेला महोत्सव संचालन गरी सफल भए पश्चात २०७४ सालमा “पहिलो प्रदेश महोत्सव–२०७४, त्रियुगा” को आयोजना गरी उद्योगी, उद्यमी तथा उत्पादन कर्ता र व्यावसायी वीच आपसी समन्वय गराउने साथै विभिन्न स्थानिय स्तरमा उत्पादित वस्तुहरुको वजारिकरणमा सहयोग गर्ने, स्थानिय पर्यटन क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गराउने कार्यमा समेत संघ अगाडी वढिरहेकोछ ।    
यस क्षेत्रका उद्योगी व्यावसायीहरुको समस्यालाई नियाल्दै समाधान गर्ने क्रममा स्तरिय सेवा सुविधाहरु प्रदान गर्नका निम्ति हाल उदयपुर जिल्लाको जिल्ला सदरमुकाम त्रियुगा नगरपालिका गाईघाट स्थित वडा नं. ११ संगम टोल सभ्यता मार्गमा यस सघंको कार्यालय स्थापना गरि व्यवस्थित सचिवालको निर्माण गरिएको छ । यस त्रियुगा उद्योग वाणिज्य संघको विधिवत रुपमा वि.सं. २०५८ सालमा स्थापना भई उद्योग वाणिज्य संघको रुपमा “घ” वर्गमा दर्ता भएको थियो । हाल संघको कार्यदक्षता एवं गतिशिलताका कारण स्तर वृद्धि भई जिल्ला उद्योग वाणिज्य संघ “क” वर्गमा पुग्न सफल भएको छ । सम्पूर्ण उद्योगी, व्यापारीहरुको छाता संगठनको रुपमा संगठित भै (वाणिज्य, उद्योग, संस्थागत, एसोसियट) साधारण सदस्य भएको यस त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष लगायत १५ जनाको संचालक समितिवाट आफ्नो कार्यक्षेत्र भित्र उद्योगी व्यापारीहरुको हक हित, संरक्षण गर्नुका साथै विभिन्न सरकारी ,गैरसरकारी, संघ संस्थाहरुसंग समन्वय गरी राजनितिक दलहरुको सहमति र सहयोगमा सामाजिक, धार्मिक, सांस्कृति, आर्थिक एवं पर्यटकिय क्षेत्र संग सम्वन्धीत गतिविधिहरु गर्दै आएको छ । यस त्रियुगा उद्योग वाणिज्य संघको सचिवालय, कार्यसमिति कक्ष र अध्यक्ष कक्ष गरि ३ कोठा रहेका छन् भने ६० जना क्षमताको वैठक कक्ष १ र २०० जना क्षमताको सभा हल १ सहितको भवन रहेको छ जसमा ४ कर्मचारीहरु कार्यरत छन् ।

 

प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा 

प्लाष्टिकको प्रयोग वास्तवमै आज विश्वमा टाउको दुखाईको विषय भएको छ यसले वातावरणमा नकारात्मक असर पु¥याई रहेको कुरा तपाई हामी सवैलाई जानकारी नै छ । विश्व समुदाय र हाम्रो वरिपरिका वातावरणको संरक्षण गर्नु हामी सवैको साझा दायित्व हो किनकी यो समाज र यस वरिपरिको वातावरण हामी सवैका लागि उतिकै जरुरी छ अतः यसै कुरालाई ध्यानमा राख्दै यस क्षेत्रको सरसफाईलाई मध्यनजर गरी मिति २०६९ कार्तिक २४ गतेका दिन त्रियुगा नगरपालिकाको आयोजना, त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहकार्य र हरित गाईघाट, सवैको गाईघाट नामक एक सक्रिय युवाहरुको अग्रसरतामा सरोकारवाला संघ संस्थाहरुको वैठक वसि मिति २०६९ मंसिर ४ गते देखि विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम सहित विविध कार्यक्रम त्रियुगा उद्योग वाणिज्य संघ, नगरपालिका तथा हरित गाईघाटको संयुक्त आयोजनामा संचालन गरियो । यस क्षेत्रमा प्लाष्टिक झोला उत्पादन तथा विक्रि वितरण गरिएमा कार्वाही तथा जरिवाना समेत गरिने भनि यस अभियानलाई आ–आफनो तहवाट सहयोग पु¥याउन व्यापारी व्यावसायीहरु, स्थानीय संघ संस्थाहरु, त्रियुगा नगरवासीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गर्दै मिति २०७० साल बैसाख १ गतेबाट यस क्षेत्रलाई प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गरिएको थियो ।
 

पहिलो प्रदेश स्तरीय औद्योगिक व्यापार मेला


मेला तथा महोत्सवको माध्यमबाट सवै देशवासी तथा सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक तथा औधौगिक केन्द्रको रुपमा विकास गर्ने यस संघको लक्ष्य रहेको छ । यस क्षेत्रमा त्रियुगानगर र उदयपुर जिल्लालाई नै आत्मनिर्भर बनाउन सक्ने कृषि र लघु उधमबाट वस्तुहरु उत्पादन हुने गरेका छन तर बजारीकरणको समस्याको कारणले दिगो हुन सकिरहेको छैन। स्थानिय क्षेत्रहरुमा उत्पादित मालसमानहरुको प्रयोग गर्न,ती बस्तुहरुको वजारीकरण गर्न र देश विदेशमा उत्पादित वस्तु तथा सेवाहरु यस क्षेत्रका उपभोक्ताहरुबीच ल्याई प्रत्यक्ष सम्वन्ध गास्न लगाउनु निजि क्षेत्रको रुपमा संचालित यस संघको काम, कर्तब्य र दायित्व पनि हो । यस उदयपुर जिल्लामा उपलब्ध हुने बिभिन्न कच्चा वस्तुहरुको साथै अन्य स्थानबाट आयातित कच्चा बस्तुको आधारमा निर्मित सामाग्रीहरु एबं उत्पादीत बस्तुहरुलाई बजारिकरण एबं गुणस्तर यूक्त बनाई उद्योगको रुपमा स्थापित गर्न र राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा सूचना प्रवाहद्धारा जानकारी र पहिचान गराउने र यस उदयपुर जिल्लामा स्थापित उद्योग, व्यापार र व्यावासायको विकास र विस्तार गरी राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले औद्यागिक व्यापार मेला गर्ने संघको नियमित कार्य अनुरुप वि.सं.२०७४ साल फाल्गुण १५ गते देखि २५ गते सम्म “पहिलो प्रदेश महोत्सव २०७४–त्रियुगा”को आयोजना गरिएको थियो । उक्त महोत्सवमा विभिन्न क्षेत्रका कृषि, सूचना प्रविधी, हस्तकला, लघुउद्यम सामाग्री, पर्यटन व्यावसाय गरी १५० स्टलहरु प्रदर्शन गरिएको थियो । विभिन्न क्षेत्रका व्यापारी, व्यावसायी पर्यटकहरु स्थानिय विद्यार्थी तथा युवा लगायत १ लाख ५० हजार अवलोकनकर्ताहरुले मेला अवलोकन गरेका थिए । मेलाको मुख्य आकर्षणको रुपमा रहेको हेलिकप्टरद्वारा नगर परिक्रमा गराउने कार्यक्रममा स्थानिय र वाह्य गरी ३ सय व्यक्तिले हवाई भ्रमण गरेका थिए । मेलामा दैनिक रुपमा स्थानिय जातजातिका संस्कृति कला भल्कने नृत्य एवं झाकिहरु साथै स्थानिय एवं राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक, सांगितक एवं हास्यव्यङ्यहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमलाई अवलोकन गर्नका निम्ति विभिन्न जिल्ला÷नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु, प्रतिनिधीहरु लगायत उद्योग प्रतिष्ठानका अवलोकनकर्ताहरको सहभागिता रहेको थियो । ११ दिन सम्म संचालन रहेको उक्त प्रदेश स्तरिय महोत्सवमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरिक्षक ज्यूले यसक्षेत्रमा रहको लागुपदार्थ दुव्र्यसनीलाई निर्मुल पार्नका निम्ति लागु पदार्थ दुव्र्यसनी विरुद्ध सचेतना मुलक कार्यक्रम संचालन गर्नु भएको थियो । उपरिक्षक ज्यूले अहिलेका युवा जनशक्तिहरु दुव्र्यसनीको दलदलमा फस्नुमा जति साथीहरुको गलत संगतले हुन्छ उतिनै घरपरिवारको समेत गलत व्यवहारले गर्दा हुने भएको हुदा वेलैमा सचेत रहन मेलामा उपस्थित अभिभावक ज्यूहरुलाई जानकारी गराउदै प्रहरीले सुरुवात गरेको यस कार्यमा सम्पुर्णले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नु पर्ने पनि वताउनु भएको थियो । उक्त कार्यक्रममा प्रोजेक्टर मार्फत दुव्र्यसनी विरुद्धका विभिन्न सचेतनामुलक भिडियोहरु समेत प्रस्तुत गर्नु भएको थियो । त्रियुगा उद्योग वाणिज्य संघ मुख्य आयोजना र त्रियुगा नगरपालिकाको आयोजनामा संचालित उक्त महोत्सवमा सहआयोजकहरुमा कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, वेल्टार, बेलका नगरपालिका रामपुर, रौतामाई गाउँपालिका, भुटार उदयपुरगढी गाउँपालिका, नेपालटार, सुनकोशी गाउँपालिका, बाराहा र ताप्ली गाउँपालिका, रुपाटार रहेका थिए भने महोत्सव प्रवर्दकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटनवोर्ड र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका थिए । मेलाको मुख्य प्रयोजन मारुती सिमेन्ट उद्योगले गरेको थियो भने सह प्रायोजन उदयपुर सिमेन्ट उद्योग लिमिटेडले गरेको थियो । 


सि.सि.क्यामेरा जडान

मिति २०७५ साल जेष्ठ २० गते आईतवारका दिन प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षता एवं त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ, गैसस महासंघ, उदयपुर, नेपाल पत्रकार महासंघ, उदयपुर लगायतको उपस्थितिमा त्रियुगा नगरपालिकाको सहकार्य र त्रियुगा उद्योग वाणिज्य संघले यस कार्यको जिम्मेवारी लिई काम गर्ने भनि जिल्ला प्रशासन कार्यालय उदयपुरमा वसेको वैठकको निर्णयानुसार त्रियुगा नगरपालिका, गाईघाट र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट विच मिति २०७५ साल आषाढ १७ गतेका दिन नगरपालिकाको स्वीकृत वजेटवाट रु ६,९९,६९९।– र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको रु.२५००००।– लागत साझेदारीमा कार्य गर्ने भनि सम्झौता भयो । उदयपुर जिल्लाका तात्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टको प्रमुख सक्रियतामा सुरुवात गरिएको सि.सि. क्यामेरा जडान कार्य सम्पन्न भए पश्चात वजार क्षेत्रमा भएका अपराधिक क्रियाकलाप तथा गतिविधीहरुमा कमि आएको समेत उपरिक्षक भट्टले त्रियुगा नरपालिकामा एक कार्यक्रमवीच जानकारी गराउनु भएको थियो । 
सि.सि. क्यामेरा जडान पश्चात यस क्षेत्रमा हुने विभिन्न चोरी, ठगी, लुटपाट जस्ता अपराधिक कार्य तथा सडक दुर्घटना जस्ता असान्दर्भीक घटनाहरुलाई निगरानी गरी त्यस्ता किसिमका अपराधिक घटना न्युनिकरणमा सहयोग मिलेको महसुस गरिएको छ । हाल सम्म त्रियुगा नगर क्षेत्रका मेनचोक, विपी चोक, पिपल चोक, पुरानो वसपार्क, वैकलाईन, पुरानो पेट्रोल पंप, डिएम गेट, नयाँ वसपार्क लगायत विभिन्न स्थानमा गरी १८ थान सि.सि. क्यामेरा जडान गरिएको छ जसमध्ये अत्याधुनिक क्यामेरा (पिटिजेड) २ थान रहेको छ भने उक्त क्यामेराको कन्ट्रोल एनविआर जिल्ला प्रहरीको प्राविधिक शाखामा राखिएको छ । 

 

हेल्प डेक्स संचालन

त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले करदाता सेवा कार्यालय गाईघाटको सहयोगमा त्रियुगा नगरपालिका ११, वैक लाईनमा व्यापारी व्यावसायीहरुको सहजताका लागि मिति २०७५÷४÷१६ गते वाट हेल्पडेक्सको स्थापना गरेको छ । उक्त करदाता सहायता कक्ष हेल्प डेक्स व्यावसायीहरुको व्यावसायीक समस्याहरु समाधान गर्ने, मासिक विवरण, आयकर विवरण, नयाँ प्यान दर्ता, मुअकर विवरण भर्ने जस्ता सेवाहरु विना झन्झट सहज रुपमा व्यावसायीहरुलाई प्रदान गर्नका निम्ति स्थापना गरिएको हो ।  उक्त हेल्पडेक्स संचालन तथा व्यावस्थापनका लागि २ जना कर्मचारीहरु नियुक्त गरिएको छ । उक्त हेल्पडेक्स संचालन पश्चात् व्यावसायीहरुलाई कर सम्वन्धी कार्यहरु गर्न सहज भएको र संघमा व्यावसायी गुनासोहरु कम आउने गरेको संघका अध्यक्ष गजेन्द्र कुमार भगतले वताउनु भयो । 

 

७ औँ कर दिवस

७औँ कर दिवस २०७५ को अवसरमा आन्तरिक राजश्व कार्यालय लाहानको आयोजना र करदाता सेवा कार्यालय गाईघाट, त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहकार्यमा २०७५÷८÷१ गते विहान ८ वजे प्लेकार्ड र व्यानर सहित प्रभात फेरी कार्यक्रम गरी त्रियुगा उ.वा. संघको सभा हलमा कर दाता शिक्षा कार्यक्रम संचालन गरी आ.व. ०७३÷०७४ मा उदयपुर जिल्लावाट सवैभन्दा वढी कर दाखिला गरी सर्वउत्कृष्ट करदाता हुनु् भएका हिमगिरी सप्लायर्स कटारीका संचालक श्री प्रयास कार्कीलाई सम्मान स्वरुप त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष श्री गजेन्द्र कुमार भगतले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा वोल्दै राजश्व कार्यालय लाहानका प्रमुख श्री कमल राजलवटले कर तिर्नु व्यावसायी एवं असल नागरिकको कर्तव्य हो । आज हामिले तिरेको करले भोलि देश विकासमा टेवा पु¥याउने छ ।  अतः करले हैन रहरले तिर्ने गरौ भन्नु भएको थियो साथै यसरी करदातालाई सम्मान गर्ने कार्यक्रमले भावि दिनहरुमा अन्य करदातामा समेत कर तिर्नु पर्छ भन्ने सोचको विकास हुने वताउनु भयो । विभिन्न व्यापारी व्यावसायी, उद्योगी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले राजश्व कार्यालय लाहानका प्रमुख राजलवटलाई मायाको चिनो प्रदान गर्दै कर कार्यालय र उद्योग वाणिज्य संघ विच नङ र मासुको सम्वन्ध रहेको वताउनु भयो । भावि दिनहरुमा व्यावसायीहरुले कर सम्वन्धी थप जानकारी लिदै अझ सजक रही व्यापार व्यावसाय गर्ने र व्यावसायमा आएको कर सम्वन्धीका समस्याहरुमा कर कार्यालय र उद्योग वाणिज्य संघ विच समन्वय गरी समाधान गर्ने समेत वताउनु भएको थियो ।


नेपाल पत्रकार महासंघ, उदयपुरलाई सहयोग

त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले पत्रकार महासंघको कार्यालय संचालनलाई अझ व्यवस्थित गर्नका निम्ति मिति २०७६÷४÷१४ गतेका दिन एक स्वागत तथा छलफल कार्यक्रम गरी नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष श्री भरत खड्कालाई एक थान इन्भटर र व्याट्रि प्रदान गर्नु भएको थियो । त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सदस्यहरु, विभिन्न उप समितिका सदस्यहरु, व्यापारी व्यावसायी, उद्योगी एवं पत्रकारहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा महासंघका अध्यक्षले उद्योग वाणिज्य संघले गरेको स्वागत तथा आतिथ्यताले आफु अत्यन्त खुसी भएको वताउदै व्यावसाय प्रवद्र्धन र व्यावसायको विकासमा पत्रकारीताको अहम भुमिका रहने र पत्रकारीताको विकासमा समेत व्यावसाय जगतको अहम भुमिका रहने भएकोले यो दोहोरो सम्वन्धलाई मित्रवत रुपमा अगाडी वढाउदै आफ्नो कार्यकाल रहुन्जेल र कार्यकाल पश्चात समेत उद्योग वाणिज्य संघसंग सहकार्य गर्दै अगाडी वढ्ने र आपसी सम्वन्धलाई अझ प्रगाढ वनाउदै लैजाने वताउनु भयो ।

 

आधारभुत लेखा तथा कर निति सम्वन्धी अभिमुखिकरण कार्यक्रमः

सनराईज वैक गाईघाट शाखाको आयोजना र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहकार्यमा मिति २०७६÷९÷२ गतेका दिन भएको “आधारभुत लेखा तथा कर निति” सम्वन्धी अभिमुखिकरण कार्यक्रममा हाल सरकारले ल्याएको व्यावसायीक ऋणको लेखापरिक्षण सम्वन्धीको नया नितिका वारेमा व्यावसायीहरुलाई वताउदै  वैक र व्यावसायी विच देखिएको व्यावसायीक लेखा सम्वन्धीको समस्या साथै वैकिंङ कार्यका लागि आवश्यक दस्तावेजका वारेमा प्रशिक्षकले व्यावसायीहरुलाई जानकारी दिएका थिए । अवका दिनहरुमा विगतमा गरिएको जस्तो व्यावसायीक लेखा विधीले मात्र नहुने र सम्पुर्ण व्यावसायीहरुले स्वयं निगरानी गरी आफ्नो व्यावसायको लेखा दैनिकरुपमा चुस्तु दुरुस्त राख्नुपर्ने समेत प्रशिक्षकले वताउनु भयो ।  राष्ट्रवैकको नया निति अनुसार भावि दिनहरुमा व्यावसायीहरुले कस्तो कर नितिहरु अपनाउनु पर्नेछ र आफ्नो व्यावसायको लेखा कसरी व्यस्थित गर्ने भन्ने विषयमा समेत प्रशिक्षकले जानकारी दिएका थिए । उक्त कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गजेन्द्र कुमार भगतले हाल वैकले विना सुचना वढाउने गरेको व्याजदर लाई न्यूनिकरण गर्नु पर्नेमा जोड दिनु भएको थियो । व्यापारी व्यावसायी तथा उद्योगीहरुको सहयोगी एवं सहयात्रीको रुपमा रहेको वैक तथा वित्तिय संस्थाहरुले व्यावसायीहरुलाई विना झन्भट सहज रुपमा ऋण प्रवाह गरी व्यावसाय प्रवद्र्धनमा सहयोग गर्नु पर्ने वताउनु भएको थियो । सम्पुर्ण उद्योगी, व्यापारी, व्यावसायी एवं पत्रकारहरुको सहभागीता रहेको उक्त कार्यक्रमको अन्त्यमा सनराईज वैकद्वारा सम्पुर्ण सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।  

 

करलेखा सम्वन्धी ३ दिवसिय व्यावसायीक अभिमुखिकरण तालिम

मिति २०७५ साल फाल्गुण १ गते देखि ३ गते सम्म नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौ र त्रियुगा उद्योग वाणिज्य संघ, उदयपुरको आयोजना र नेपाल सरकार र जीआईजेडको सहयोगमा ३ दिने आयकर तथा मुल्य अभिवृद्धिकर व्यावस्थापन सम्वन्धी करलेखा व्यावसायीक अभिमुखिकरण तालिम संचालन गरिएको थियो । तालिमको उद्घाटन त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतको सभापतित्वमा भएको थियो । तालिममा नेउवामहासंघ काठमाण्डौका प्रशिक्षकहरु ज्ञानेन्द्र वहादुर भारी र मुरारीधर तिवारी प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षकद्वयले तालिममा कर लेखा, आयकर विवरण, मुअकर मासिक विवरण, वार्षिक विवरण, खाता व्यावस्थापन कार्य सम्वन्धी अभ्यास र कर जरिवाना, कर सम्वन्धी भएको नया व्यवस्था नियमका वारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको उद्घाटनमा आन्तरिक राजश्व कार्यालय, लाहानका प्रमुख कमल राजलवट, करदातासेवा कार्यालय गाईघाटका प्रमुख कर अधिकृत, प्रहरी प्रमुख, विभिन्न उद्योग व्यापार क्षेत्रका प्रशिक्षार्थीहरु लागयत १४० जनाको उपस्थिति रहेको थियो ।

 

करदाता शिक्षा कार्यक्रम

आन्तरिक राजश्व कार्यालय लाहानको आयोजना र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहयोगमा त्रियुगा नगरपालिका वडा नं.–१४ साउनेमा मिति २०७६÷१÷१६ गते कार्यक्रम संचालन गरिएको थियो भने त्रियुगा नगरपालिका वडा नं.–११ गाईघाटमा मिति २०७६÷१÷२५ गते कर सम्वन्धी कार्यक्रम संचालन गरिएको थियो । त्यसैगरी वडा नं.–५ देउरी, वडा नं.–६ जलजले र वडा नं.–७ चुहाडेका व्यावसायीहरुका लागि संयुक्त रुपमा मिति २०७६ जेष्ठ २ गते वडा नं.–६ को वडा कार्यालय जलजलेमा कर दाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा प्रशिक्षकद्वारा व्यावसायको लेखा कसरी राख्ने, करका खाताहरु कसरी व्यावस्थापन गर्ने, खरीद सामाग्रीको मौज्दात कसरी व्यावस्थापन गर्ने भन्ने विषयमा जानकारी दिएका थिए । कार्यक्रममा  सरकारले ल्याएको नया कर निति अनुसार कस्ता प्रकृतिका व्यावसायहरु मुल्य अभिवृद्धि करमा दर्ता हुनु पर्ने, कस्ता प्रकृतिका व्यावसाय मुल्य अभिवृद्धि करवाट हटाईएका छन् र हाल आयकर र मुल्य अभिवृद्धि करका दरमा भएको हेरफेरका वारेमा पनि वताउनु भएको थियो । उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमल वहादुर राजलवटले सरकारको नया कर निति र ढुवानी सम्वन्धिको नया निति ख्भजष्अभि ऋयलकष्नलmभलत त्चबअपष्लन क्थकतझ (ख्ऋत्क्) के हो र यसमा विधुतिय माध्यमवाट कसरी कार्य गर्ने भन्ने विषयमा पनि जानकारी दिनु भएको थियो । 

 

स्वागत तथा विदाई कार्यक्रमहरु ः

प्रहरी प्रमुखहरुको स्वागत ः


उदयपुर जिल्लाको शान्ति सुरक्षा एवं समाजिक कार्यमा अहम भुमिका रहि आएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक श्री चन्द्र वहादुर राई र शसस्त्र प्रहरी वल त्रियुगा गणका प्रहरी उपरिक्षक श्री जय वहादुर खड्काको त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगत ज्यूको अध्यक्षतामा स्वागत तथा छलफल कार्यक्रम गरियो । कार्यक्रमा संघका पदाधिकारीहरु कार्यसमिति सदस्यहरु, विभिन्न उप–समितिका सदस्यहरु, महिला समितिका सदस्यहरु, विभिन्न वस्तुगत संघहरु, स्थानिय गैरसरकारी संस्थाका प्रतिनिधीहरु, व्यापारी व्यावसायीहरु, पत्रकारहरु लागायतको उपस्थिति रहेको थियो । 
    उक्त कार्यक्रममा वोल्दै संघका अध्यक्षले यस जिल्ला र यस जिल्लाका व्यापारी व्यावसायीहरुले शान्ति सुरक्षा क्षेत्रका जनपथ र शसस्त्र वल दुवैमा उपरिक्षक पाएकोमा खुसी एवं सुरक्षित महसुस गरेको छ अतः अवका दिनमा शान्ति सुरक्षा र सामाजिक सुरक्षाको क्षेत्र अझ सुदृढ हुदै जानेमा कुनै दुई मत नरहेको उहाले वताउनु भयो । उक्त कार्यक्रममा वोल्दै उपरिक्षक राईले स्वागतका लागि त्रियुगा उद्योग वाणिज्य संघलाई धन्यवाद दिदै आगामी दिनमा संघ संग सहकार्य गर्दै अगाडी वढ्ने वताउनु भयो र प्रहरीको हरेक कार्यहरुमा व्यापारी व्यावसायी एवं स्थानियहरुको सहयोग अपरिहार्य रहेको समेत उहाले वताउनु भयो । त्यसैगरी शसस्त्र प्रहरी प्रमुख खड्काले स्वागतका लागि धन्यवाद दिदै त्रियुगा उद्योग वाणिज्य संघको हरेक सामाजिक कार्यहरुमा साथमा साथ मिलाई कार्य गर्ने र यस क्षेत्रको शान्ति सुरक्षाका लागि अहोरात्र प्रयासरत रहने वताउनु भएको थियो । 

 

दुवईका राजदुत र माननिय सांसद डा. नारायण खड्काको स्वागत


त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष श्री गजेन्द्र कुमार भगतको अध्यक्षता र संघका पदाधिकारी कार्यसमति सदस्यहरु विभिन्न वस्तुगत संघहरु, उपसमितिका सदस्यहरु, महिला समितिका सदस्यहरु, राजनितिक प्रतिनिधीहरु, पत्रकार र स्थानिय व्यापारी व्यावसायीहरुको सहभागितामा संघको सभाहलमा यूएई दुवईका महामहिम राजदुत सईद अलनक्वी र माननिय सांसद डा. नारायण खड्काको स्वागत कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमा संघका अध्यक्ष गजेन्द्र कुमार भगतले नेपालमा देश विकासका लागि आवश्यक जनशक्ति भएतापनि शिप, दक्षता र ज्ञानको कमि रहेको वताउनु भयो अतः यस क्षेत्रका उद्योगीहरुलाई युएई जस्तो समृद्ध र विकसित राष्ट्रको प्रविधीहरुको ज्ञान दिलाउन सके देश विकासमा तिव्रता आउनेमा कुनै दुईमत नरहेको वताउनु भयो । उक्त कार्यक्रममा अध्यक्ष भगतले यसक्षेत्रका उद्योगी व्यावसायीहरुलाई दुवईको अवलोकन भ्रमणका लागि आवश्यक सहयोगका लागि समेत राजदुत संग आग्रह गर्नु भएको थियो । सांसद खड्काले उद्योग व्यावसाय देशको अर्थिक विकासको मेरुदण्डको रुपमा रहेको र उद्योग व्यावसाय क्षेत्रको विकास र व्यावसाय क्षेत्रमा आउने समस्या समाधानका लागि आफु हरपल तयार रहेको वताउनु भयो । यस क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि स्थानिय देखि केन्द्र स्तर सम्म पहल गर्ने समेत वताउनु भयो । युएईका राजदुत अलनक्वीले यस क्षेत्रको व्यावसायीक विकासका लागि आवश्यक सहयोगका लागि पछाडी नहट्ने र यस क्षेत्रका उद्योगी व्यापारीहरुलाई अवलोकन भ्रमणका लागि समेत पहल गर्ने वताउनु भयो ।  
नेपाल निर्माण व्यावसायी संघ उदयपुरको स्वागतः
     निर्माण व्यावसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल निर्माण व्यावसायी संघका वर्तमान निर्वाचित अध्यक्ष श्री कौशल आचार्य, निवर्तमान अध्यक्ष श्री भिम वहादुर राई लगायत पदाधिकारी एवं सदस्य ज्यूको स्वागत कार्यक्रम त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष श्री गजेन्द्र कुमार भगतको अध्यक्षता र संघका पदाधिकारी कार्यसमति सदस्यहरु विभिन्न वस्तुगत संघहरु, उपसमितिका सदस्यहरु, महिला समितिका सदस्यहरु, राजनितिक प्रतिनिधीहरु, पत्रकार र स्थानिय व्यापारी व्यावसायीहरुको सहभागितामा संघको सभाहलमा स्वागत कार्यक्रम गरिएको थियो ।     

 

विदाई कार्यक्रम

शसस्त्र प्रहरी वल त्रियुगा गणका प्रहरी नायव उपरिक्षक श्री पुरन भट्ट ज्यूको विदाई कार्यक्रम त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष श्री गजेन्द्र कुमार भगतको अध्यक्षता र संघका पदाधिकारी कार्यसमिति सदस्यहरु विभिन्न वस्तुगत संघहरु, उपसमितिका सदस्यहरु,महिला समितिका सदस्यहरु, पत्रकार र स्थानिय व्यापारी व्यावसायीहरुको सहभागितामा संघको सभाहलमा गरिएको थियो । 

 

विदाई कार्यक्रम


जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक श्री नवराज भट्ट ज्यूको विदाई कार्यक्रम त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष श्री गजेन्द्र कुमार भगतको अध्यक्षता र संघका पदाधिकारी कार्यसमिति सदस्यहरु विभिन्न वस्तुगत संघहरु, उपसमितिका सदस्यहरु,महिला समितिका सदस्यहरु, पत्रकार र स्थानिय व्यापारी व्यावसायीहरुको सहभागितामा संघको सभाहलमा गरिएको थियो ।