७औं वार्षिक साधारण सभा-२०७९
मिति २०७९ पाैष २३ गते शनिवारका दिन यस त्रियुगा उधाेग वाणिज्य संघ, गाइघाटकाे ७औं वार्षिक साधारण सभा-२०७९ नेपाल उधाेग वाणिज्य महासंघका पुर्व अध्यक्ष श्री चण्डीराज ढकाल ज्यूकाे प्रमुख अतित्थ्यतामा त्रियुगा न.पा.-११, स्थित रामजानकी पार्टि प्यालेस वावारानी मार्ग गाइघाटमा सम्पन्न गरियाे । उक्त साधारण सभाकाे सभापतित्व संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूले गर्नु भएकाे थियाे भने अतिथीगणहरू जिल्ला समन्वय समिति उदयपुर, त्रियुगा नगरपालिका गाइघाटका प्रमुख, उप-प्रमुख, नेउवामहासंघका उपाध्यक्ष लगायत विभिन्न क्षेत्रवाट पाल्नुभएकाे थियाे । ७औं वार्षिक साधारण सभा-२०७९ काे समुद्घाटन प्रमुख अतिथि श्री चण्डीराज ढकाल ज्यूले पानसमा वत्ती वालेर गर्नु भएकाे थियाे । संघका संस्थापक अध्यक्ष श्री रत्न वहादुर श्रेष्ठ ज्यू, पुर्व अध्यक्ष, उपाध्यक्ष एवं पदाधिकारी ज्यूहरू लगायत विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधी ज्यूहरूकाे उपस्थिति रहेकाे उक्त सभामा मन्तब्यकाे क्रममा वाेल्नु हुदै प्रमुख अतिथी चण्डीराज ढकाल ज्यूले भन्नु भयाे, सर्वप्रथम व्यावसायीक विकासका लागि सम्पुर्ण ब्यावसायी एकजुट र एकढिक्का हुन जरूरी छ । हाल नेपाल सरकारले काेराेना महामारीले थलिएका उधाेग व्यावसायीहरूकाे व्यावासायीक विकासका लागि व्यावसायमा आएकाे मंदी एवं निजी क्षेत्रमा हुन गएकाे तरलता अभावकाे समस्या झेलीरहेकाे उधाेगी व्यावसायीहरूकाे मर्मलाइ सम्वाेधन गर्नु पर्नेमा संसाेधित कर्जा निति, वैक तथा वित्तिय संस्थाकाे व्याजदर वृद्दिका कारणा उधाेग व्यावसायहरू वन्ध गर्नु पर्ने अतिनै दयनिय अवस्थाकाे परिस्थिति सृजना भएकाे हुदा उक्त अप्रत्यासित कार्यकाे घाेर विराेध गर्दै उधाेगी व्यावसायीहरूकाे मागहरूकाे तत्कालै सम्वाेधन गरी सहज निकास दिनका निम्ति नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र वैक लगायत सम्वद्द वैक तथा वित्तिय संस्थाहरूकाे उक्त सम्मानित सभा मार्फत ध्यानाकर्षण गराउनु भएकाे थियाे । त्यसै गरी सभाकाे अन्त्यमा यस त्रियुगा उधाेग वाणिज्य संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूले दिन प्रतिदिन धरासायी वन्दै गएकाे उधाेग व्यावासाय क्षेत्रकाे हितका लागि नेपाल सरकारकाे तर्फवाट विभिन्न व्यावसायीक राहतका प्याकेजहरू अह्वान हुनुपर्ने वताउनु भएकाे थियाे । उहाले उक्त सभा मार्फत साधारण सभामा अनुमाेदन हुनेगरी संघमा अवद्द भएका नविकृत सदस्यहरूकाे राहतका लागी यदि सदस्यहरूकाे व्यावसायमा आगलागी वा कुनै दैवीप्रकाेप वाट क्षति भएमा रू ११०००।- (एघार हजार) र सदस्यकाे दुःखद् घटना (मृत्यू) भएमा रू.२५०००।- (पच्चीस हजार) संघकाे तर्फवाट सहयाेग स्वरूप प्रदान गरिने समेत वताउनु भएकाे थियाे । अन्तमा संघकाे निमन्त्रणालाइ स्वीकार गरी पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथी गणहरू लगायत उपस्थित उधाेगी व्यावसायीहरूलाइ हार्दिक आभार ब्यक्त गर्दै सभा समापन गर्नु भएकाे थियाे ।
...