स्वागत तथा विदाइ कार्यक्रम - २०८०/४/२
मिति २०८० श्रावण २ गते मंगलवारका यस दिन त्रियुगा उधाेग वाणिज्य संघकाे आयाेजनामा श्री १८ नं वाहिनी भुल्के उदयपुरका वाहिनीपती महासेनानी श्री मनाेज वैदवार ज्यू, डिभिजन वन कार्यालय, उदयपुरका डिभिजनल वन अधिकृत डा. इन्द्र प्रसाद सापकाेटा ज्यूकाे स्वागत तथा पशुपति प्रसाद गण वाेक्से उदयपुरका गणपति प्रमुख सेनानी श्री विजय भण्डारी ज्यूकाे विदाइ कार्यक्रम संघकाे सभाहलमा गरिएकाे थियाे । उक्त कार्यक्रममा मन्तव्यकाे क्रममा वाेल्नुहुदै डिभिजनल वन अधिकृत डा. सापकाेटा ज्यूले त्रियुगा उधाेग वाणिज्य संघकाे हरेक कार्य तथा गतिविधीहरूमा डिभिजन वन कार्यालयकाे सहकार्य एवं समन्वय रहने वताउनु भएकाे थियाे । त्यसै गरी मन्तव्यकै क्रममा कार्यक्रमका प्रमुख अतिथी श्री १८ नं. वाहिनीका वाहिनीपति श्री मनाेज वैदवार ज्यूले संघले गर्ने विभिन्न विपद् व्यावस्थापन, नगर सरसफाइ लगायतका अन्य कार्यहरूमा समेत श्री १८ नं वाहिनीकाे अहाेरात्र साथ र सहयाेग रहने वताउनु भएकाे थियाे । उहाँले १८ नं. वाहिनी भुल्के परिसर अगाडी रहेकाे सर्पदंश अस्पतालमा स्वास्थ्य सुविधाकालागि आफ्नै जनशक्ति रहेकाे तर अस्पताललाइ गर्मीकाे समयमा सेवाग्राहीलाइ अझ आराम पुर्ण सुविधाका लागि अझ व्यवस्थित गर्न त्रियुगा उधाेग वाणिज्य संघ लागयत यस क्षेत्रका व्यापारी व्यावसायी एवं स्थानियले साथ सहयाेग गर्नु पर्ने समेत वताउनु भएकाे थियाे । अन्तमा कार्यक्रम समापनकाे क्रममा वाेल्नुहुदै संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूले यस त्रियुगा उधाेग वाणिज्य संघकाे तर्फवाट हरेक क्षेत्रमा आवश्यक सहयाेग रहने वताउनु हुदै सर्पदंश अस्पताललाइ अझ व्यवस्थित र सुविधा सम्पन्न वनाउन संघ लगायत यस क्षेत्रका व्यापारी व्यावसायीहरूकाे साथ सहयाेग रहने प्रतिवद्दता समेत जाहेर गर्नु भएकाे थियाे । उक्त स्वागत तथा विदाइ कार्यक्रमकाे अन्त्यमा यस जिल्लावाट विदा भइ जानु हुने श्री पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी श्री विजय भण्डारी ज्यूलाइ संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूले मायाकाे चिनाे प्रदान गर्नु भएकाे थियाे ।
...
विदाइ कार्यक्रम
मिति २०८० भाद्र १९ गते त्रियुगा उधाेग वाणिज्य संघ, उदयपुरकाे सभाहलमा त्रियुगा उधाेग वाणिज्य संघका पदाधिकारी एव्ं सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरू लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि ज्यूहरूकाे उपस्थितिमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक श्री ज्ञानेन्द्र फुयाल ज्यूकाे विदाइ कार्यक्रम सम्पन्न भयाे । काठमाण्डौँ मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धान ब्युरोमा सरुवा हुनु भएका उपरिक्षक ज्ञानेन्द्र फुयाल ज्यूलाइ संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूले मायाकाे चिनाे प्रदान गर्नु भएकाे थियाे । उहाकाे उदयपुरमा एक बर्षे कार्यकाल सकिए पश्चात काठमाण्डौँ सरुवा भएको हो । उहाँले भावी दिनहरूमा अन्यत्र स्थान रहदा वस्दा समेत त्रियुगा उधाेग वाणिज्य संघमा परेका समस्याहरूकाे समाधानका लागि सक्दाे प्रयास एवं सहयाेग गर्ने वताउनु भएकाे थियाे ।
...