निःशुल्क स्वास्थ शिबिर कार्यक्रम-२०८०
मिति २०८० वैषाख १५ गते शुक्रवार त्रियुगा उधोग बानिज्य संघ, गाईघाटको आयोजना तथा बि एन्ड सि मेडिकल कलेज तथा पुर्बान्चल क्यान्सर अस्पताल बिर्तामोड, झापाको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ शिबिर कार्यक्रम उदयपुर जिल्ला अस्पताल, गाइघाटमा सम्पन्न भएको छ । दाजुभाइ समुह दाेहा कतारले समेत सहयाेग र सहकार्य गरेकाे उक्त कार्यक्रममा वि एण्ड सि मेडिकल कलेज तथा पुर्वान्चल क्यानसर अस्पताल झापाका डाक्टर तथा प्राविधिकहरूले निःशुल्क सेवा प्रदान गर्नु भएकाे थियाे । जिल्ला समन्वय समिति उदयपुरका सभापति ज्यूले उद्घाटन गरेकाे उक्त कार्यक्रममा त्रियुगा नगरका मेयर श्री वसन्त कुमार वस्नेत ज्यु लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा पत्रकार ज्यूहरूकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रममा उदयपुर जिल्ला भित्रका विभिन्न स्थानका ७४७ जना सेवाग्राहीहरूलाइ क्यान्सर, मुटु, न्युरो, गाइनो, नसा, नाक कान घाँटी आदि जस्ता रोगको ECG, ECO, ल्याब मार्फत चेकजाँचकाे निःशुल्क सेवा प्रदान गरिएको थियो भने उपचार पछि निःशुल्क औषधी समेत उपलब्ध गराईएको थियो ।
...