त्रियुगा उधाेग वाणिज्य संघद्वारा रक्तदान कार्यक्रम 2078-11-7
मिति २०७८/११/७ गते ७२औ राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा त्रियुगा उधाेग वाणिज्य संघकाे सभाहलमा संघकाे आयाेजना, नेपाल रेडक्रस साेसाइटी, उदयपुर जिल्ला शाखाकाे प्राविधिक सहयाेग र जेसिज उदयपुर, उदयपुर सुनचाँदी व्यावसायी संघ, घरेलु तथा साना उधाेग महासंघ,उदयपुर, नेपाल काष्ठ फर्निचर व्यावसायी संघ, उदयपुर, उदयपुर साइकिलिङ संघ तथा उदयपुर जिवन विज्ञान परिवारकाे सहयाेगमा रक्तदान जीवन दान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । त्रियुगा उधाेग वाणिज्य संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा पाल्नु भएका त्रियुगा नगरका उप प्रमुख श्री देवी कुमारी चाैधरी ज्यूले रक्तदाताहरू सबैलाइ धन्यवाद दिदै रक्तदान सवैभन्दा पुन्य काम भएकाे वताउनु भयाे । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरिक्षक श्री वेद प्रसाद गाैतम ज्यूले २९औ पटक रक्तदान गर्नु भयाे साथै नायव उपरिक्षक लगायत अन्य ५८ जनाले रक्तदान गर्नु भएकाे थियाे ।
...