बजार सरसफाइका लागि डष्टवीन वितरण कार्यक्रम
२०७९ पुष २१ गते गाईघाट बजारलाई स्वच्छ र सफा राख्नका लागि त्रियुगा नगरपालिका, गाइघाट र त्रियुगा उद्योग बाणिज्य संघ उदयपुरकाे सहकार्यमा डष्टविन वितरण कार्यक्रम भएकाे छ । अहिले बजारको मुख्य सडकहरुलाई सफा राख्न सडकको दुर्वै तर्फका पेटीकाहरुमा फोहर फाल्ने व्यवस्थीत डस्विन राख्ने काम भैरहेको छ । उक्त डस्वीन मानवीय चहल पहल र भिँडभाँडको दुष्टीले बजारको मुख्य सडक सेतो पुल देखी पुरानो गाईघाटको पिजी चोक सम्म राखिएकाे छ । बिहिबार नगर प्रमुख वसन्त बस्नेत, उपप्रमुख मशेश्वरी राई र नगरका प्रमुख प्रशासकिय अधिकृत ज्यू सहितको उपस्थितिमा डस्विन राख्ने कामकाे सुभारम्व गरिएको थियो । उक्त डस्विन हाललाइ वजारकाे व्यस्ततालाइ ध्यानमा राखी मुख्य सडकमा ७० ओटा राख्ने काम भएको छ भने आवश्यकता अनुसार अन्य व्यावसायीक क्षेत्रमा समेत डस्टवीन वितरण गर्ने कार्य अगाडी वढ्न्रे कुरा नगर प्रमुख र त्रियुगा उधाेग वाणिज्य संघका अध्यक्ष श्री रमेश विश्वकर्मा ज्यूले प्रतिवद्दता गर्नु भएकाे थियाे । सडकको दुवै पेटीहरुमा तल देखी माथी सम्म राख्न करिब २ सय भन्दा बढी डस्विन आवश्यक पर्न सक्ने अनुमान गरिएकाे छ । उक्त कार्यक्रममा वाेल्दै नगर प्रमुख श्री वसन्त कुमार वस्नेत ज्यूले फोहोर राख्ने डस्विनले बजारको वातावरणलाई स्वच्छ बनाउने र वजार सरसफाइमा स्थानियकाे समेत चासाे वढ्दै जाने वताउनु भएकाे थियाे । वजारमा हुने फाेहरलाइ डस्विन भित्र व्यवस्थीत गरी राख्न सकियाे भने बजार क्षेत्रमा दुर्गन्ध कम हुदै जाने भएकाे हुदा त्रियुगा नगरपालिका र त्रियुगा उधाेग वाणिज्य संघकाे सहकार्यमा याे कार्यक्रमकाे सूरूवात गरिएकाे हाे ।
...
डष्टवीन वितरण कार्यक्रम
मिति २०८० भाद्र १ गते शुक्रवारका दिन त्रियुगा नगरपालिका गाइघाट र त्रियुगा उधाेग वाणिज्य संघ उदयपुरकाे सहकार्यमा त्रियुगा नगर क्षेत्रका विभिन्न वजारहरू वगाहा, जलजले र चुहाडे वजारमा स्थानिय प्रतिनिधी र व्यावासयीहरूकाे राेहवरमा डष्टवीन वितरण गरियाे । उक्त डष्टवीन वितरणकाे क्रममा व्यावसायीहरूकाे समस्या र त्यसका समाधानका लागि स्थानिय निकायका प्रतिनिधीहरूसंग पनि छलफल तथा अन्तरक्रिया गरिएकाे थियाे । यस त्रियुगा उधाेग वाणिज्य संघका अध्यक्ष श्री रमेश विश्वकर्माले व्यावसायीहरूकाे समस्या समाधानका लागि स्थानिय वजारका वडा कार्यालयहरूसंग सहकार्य गरी स्थानिय सरकार, प्रदेश सरकार र प्रदेश महासंघमा समेत पहल एवं ध्यानाकर्षण गराउने प्रतिवद्दता ब्यक्त गर्नु भएकाे थियाे । नगर क्षेत्रका वजारहरूमा वगाहामा ६ थान, जलजलेमा ३० थान र चुहाडे वजारमा १० थान डष्टवीन स्थानिय व्यावसायीलाइ हस्तान्तरण गरियाे ।
...