ग्रामिण उधम तथा विप्रेशन अायाेजना (समृद्दी) अापुर्ति श्रृखला दुग्ध उत्पादन तथा प्रशाेधन कार्यक्रम
यस समृद्दी अायाेजना अन्तरगत वाख्रा पालन, माछा पालन, तरकारी खेती, दुध उत्पादन, सुगन्धित तेल उत्पादन र जडिवुटी उत्पादनमा कार्य संचालन भै रहेकाे छ । जस मध्ये उदयपुर जिल्ला अन्तरगत वेलका नगरपालिकाकाे रामपुर र चाैदण्डीगढी नगरपालिकाकाे हडियामा दुग्ध उत्पादन, त्रियुगा नगरपालिकाकाे साउने, काैवाइ र दमाैटीमा वाख्रापालन, कटारी नगरपालिकाकाे वेतिनी र वेलका नगरपालिकाकाे रामनगर, एकताटाेल, सिर्जना चाेक, ABC टप्पुमा तरकारी खेती सम्वन्धी कामहरू हाल संचालनमा रहेका छन् । भाेलीका दिनहरूमा यसै क्षेत्रहरूमा कार्य गर्दै ग्रामिण क्षेत्रका कृषकहरूलाइ व्यावसायीक रूपमा अगाडी वढाउदै उत्पादित वस्तुहरूलाइ अन्तराष्ट्रिय स्तरसम्म पहिचान गराउदै निर्यातलाइ वृद्दि गरी देशकाे गरिवी न्यूनिकरण, वेराेजगार युवाहरूलाइ राेजगारीकाे सृजना गर्ने यस अायाेजनाकाे मुख्य लक्ष्य रहेकाे छ ।
...